एकैदिन थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार १६८ पीसीआर परीक्षणमा ३८४ र १ हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ ।












