१६ श्रावण २०८३, शनिबार

संसदीय छानबिन समितिले माग्यो सिंहदरबार प्रवेशद्वाराको सिसिटिभि फुटेज



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्ने गठित संसदीय समितिले सिंहदरबार प्रवेशद्वाराको सिसिटिभि हेर्ने भएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर कर दर फेरबदल गराएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको हो ।