हकप्रद शेयर निष्कासनका लागि राधी विद्युतले पायो बोर्डबाट अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हकप्रद शेयर निष्कासनका लागि राधी विद्युतले पायो बोर्डबाट अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले साउन ९ गते १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

हकप्रद शेयरको विक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि पूँजी १ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्