आइएमई पे’ को हवाई उडान टिकटमा बोनस अफर– सर्वाधिक क्यासब्याक सँगै अतिरिक्त रू.२०० छुट
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ ले हवाई उडान टिकटमा पुनःबोनस अफर ल्याएको छ । यो अफर श्रावण ४ गतेदेखि लागु हुनेछ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने र आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू.२०० बोनस पनि प्राप्त गर्ने छन् ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध रहेको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।












