बैंकिङ कसूर मुद्दाका फरार निशा गुरुङ् प्रहरीको नियन्त्रणमा
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने कास्की पोखरा महानगरपालिका–१७ घर भएकी ४२ वर्षीया निशा गुरुङ्लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ बैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका–६ टोखाबाट पक्राउ गरेको हो । गुरुङले कुमारी वैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।













