साउन २१ प्रचण्ड जापान जादैं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।
उनी साउन २२ गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिरया कार्यक्रममा सहभागी हुने छन् । उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक नभएपनि प्रचण्ड साउन २५ मा नेपाल फर्कने माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।












