बैंकिङ कसुरको मुद्दामा फरार एक प्रतिबादी पक्राउ
काठमाडौंं । बैंकिङ कसुरको मुद्दामा फरार एक प्रतिबादी पक्राउ परेकी छन् । काठमाडौं माहानगर १३ बाफल बस्ने ४२ बषीैय निशा गुरुङ पकाऊ परेकी हुन् ।
उनले कुमारी बैंक लि, दरबारमार्ग शाखामा रहेको खातामा प्रयाप्त रकम नभएको भन्ने जान्दा जान्दै जाहेरवाला लाई झुक्याएर चेक काटेर दिँदाकोले बैंकिङ कसुरको अपराध ठहर भएको हो । उच्च अदालत पाटनले बैंकिङ कसुर सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद २३ लाख १४ हजार २ सय ५० जरिवाना सुनाएको छ । उनलाई टोखाबाट पक्राउ गरी काटमाडौ जिल्ला अदालत पेश गरीएको थियो ।













