एसईई प्राप्त गरेको ग्रेडमा चित्त नबुझे विद्यार्थीहरुले निवेदन दिन पाउने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेका विद्यार्थीहरुले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि परीक्षार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन आह्वान गरेको छ ।
शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ । निवेदन दस्तुर ५ सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ । २०७८ सालको एसईईको नजिता बुधबार सार्वजनिक गरिएको थियो ।














