१६ श्रावण २०८३, शनिबार

पर्वतमा अरिङ्गालको टोकाइबाट १ युवकको मृत्यु



काठमाडौं । पर्वतमा अरिङ्गालको टोकाइबाट एक युवकको ज्यान गएको छ।
पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

परियार गए राति घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए ।