नेपाल बाथरोग मैत्री समाजको ११औं वार्षिकोत्सव सम्पन्न, नयाँ कार्यसमिति गठन
काठमाडौं । बाथरोग निवारण तथा सचेतना अभिबृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’को ११औं बार्षिकउत्सव सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा एक कार्यक्रम गर्दै बार्षिकउत्सव तथा साधारणसभा सम्पन्न गरेको हो ।
समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अथितिहरुमा वाथरोग विशेषज्ञ डा. दिपा शाह, डा. उज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा. प्रदिप श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दिपेन्द्ररमण सिंहले बाथरोग समाजले बाथरोग सम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताए । त्यसको लागि स्वास्थ्य सेवा विभागले सक्दो भुमिका खेल्ने बताए । उनले बाथरोग मैत्री समाजले देशलाई धेरै दिन सक्ने समेत बताए ।
विशेष अतिथि तथा समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौडेलले बाथरोगको उपचार महंगो र दिर्घरोग भएपनि सरकारले यस रोग सम्बन्धमा वेवास्था गरेको बताए । साथै उनले क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई जस्तै बाथ रोगीहरुलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताए । बाथरोगको सचेतनाका निम्ती सरकारदेखि चौथो अगं मिडियाले समेत यथोचित प्राथमिकता नदिएको गुनासा थिए । समाजको सल्लाहकार समेत रहेका डा. पौडेलले संस्थाको सेवा क्रमिक रुपमा देशभर पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा डा. उज्वल रिससालले बाथ रोगीहरुलाई खोपको महत्व विषयमा उजागर गरेका थिए । बाथ रोगीलाई रोगसँग लड्ने क्षमता कम भएकोले पनि कुनैपनि किसिमका खोपहरु महत्वपूर्ण हुने रिसालले बताए । त्यसमाथी कोरोनाको खोप झनै महत्वपूर्ण हुने उनले बताए । वाथरोग विशेषज्ञ डा.दिपा शाहले हड्डी स्वास्थ्यको महत्वबारे कार्यक्रममा प्रकास पारेकी थिइन् । उनले हडडी्को स्वास्थ्यका लागि वयस्क उमेरदेखि नै सन्तुलित भोजन, ब्यायाम तथा योगमा ध्यान दिनुपर्ने बताइन् । हड्डी स्वास्थ्यका लागि षोषणयुक्त सन्तुलित भोजन तथा भिटामिन डीको ज्रुरत रहने शाहले बताइन् ।
डा. अमृत घिमिरेले बाथ रोगीहरुले के के खानुहुन्छ र केके खानु हुदैन् भन्ने बारेका समाजमा रहेका भ्रमहरु चिर्ने प्रयास गरेका थिए । डा. घिमिरेले बाथ रागीहरुले मुलभुत रुपमा खानपीनमा कुनै किसिमका कुरा बार्नु नपर्ने बताए । तर युरिक एसिडको बाथको सवालमा एसिड बन्ने खानेकुरा खान नहुने बताए । त्यस आलवा बाथ रोगीहरुले धुम्रपान, मद्यपान र सिसिमा गालेका अचारहरु खान नहुने बताए । सो बाहेक सबै चीजहरु बाथ रोगीहरुले खाँदा हुने उनले बताए । कार्यक्रममा ठुलो सङख्यामा सहभागिता थियो । कार्यक्रममको सभापतित्व वरिष्ठ बाथरोग मैत्री समाजका अध्यक्ष मोहन न्यौपानेले गरेका थिए । समग्र कार्यक्रमको संयोजन आरोज्ञ स्वास्थ्य सदनका प्रबन्ध निर्देशक तथा सोही समाजका महासचिव हरिप्रसाद तिमल्सिनाले गरेका थिए ।
यस्तो बन्यो नयाँ कार्य समिति
अध्यक्ष : मेनका आचार्य
प्रथम उपाध्यक्ष : रुपा विमल क्षेत्री
द्धितिय उपाध्यक्ष : बलरामकृष्ण बन्जाडे
महासचिब : गणेश थापा
सचिब : सुष्मा रेग्मी
कोषाध्यक्ष : विजयराज अधिकारी
सहकोषाध्यक्ष : टिकादेशी श्रेष्ठ
सदस्यहरु : सरला क्षेष्ठ, टिका तिमल्सिना, राजु पन्थी, सविन कार्की













