भाडा समायोजन नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलित
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा समायोजन नगरेको भन्दै सोमबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
देशभरका पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित हुन लागेका हुन् । उनीहरुले भाडा समायोजनका लागि आजसम्मको समय सीमा तोकेका थिए ।
यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको भएपनि माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने निर्णय गरेका छन् ।
२० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने र २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ ।














