एम्बुलेन्सले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
काठमाडौं । झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
साउन ४ गते दिउँसो कन्काइ नगरपालिका ३ सुरुङ्गामा मे १ च १६५४ नम्बरको एम्बुलेन्सले प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना घाइते भएका थिए ।
घाईते हुनेमा स्कुटर चालक झाप गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्की र पछाडी सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की थिए ।
उनीहरुलाई तत्काल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राजेश कार्कीलाई थप उपचारका लागि शनिबार राति १० बजे नोबेल अस्पताल बिराटनगर लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । प्रहरीले एम्बुलेन्स चालक बिर्तामोड नगरालिका–१० का ४६ वर्षीय चन्द्रबहादुर बिकलाई नियन्त्रणमा लिएको छ ।













