पछिल्लो २४ घण्टमा ६२० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टमा ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १ जना संक्रमितको मृत्यु पनि भएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
२४ घण्टमा २९७ जना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ ।













