१६ श्रावण २०८३, शनिबार

त्रिवि सेवा आयोगमा भाडभैलो गर्दै नेवि संघ, ताला खोल्न अनेरास्ववियु त्रिवि अध्यक्ष भट्टको चेतावनी



काठमाडौँ । नेपाल विद्यार्थी संघले सत्ताको बलमा त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न माग गर्दै अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीले प्रदर्शन गरेको छ । अनेरास्ववियुका त्रिवि अध्यक्ष शम्भु भट्टलेको नेत्वृतको टोलिले आइतबारदेखि सुरु हुने भनिएको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरिएको गरेको हो ।

अध्यक्ष भट्टले “नेविसंघले एक वर्षदेखि विभिन्न बहानामा त्रिविको विभिन्न निकायमा तालाबन्दी गर्ने र प्राज्ञिक कामहरूमा अबरोध सिर्जना गर्दै आइरहेको र सत्ताको बलमा आफ्नो निहित स्वार्थ पुर्तिका लागि ताला बन्दी र प्रदर्शन गरिरहेको छ ।“ उनले त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको बताए ।

नेविसंघले पछिल्लो पटक सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्तामा अबरोध गर्ने उद्देश्यले तालाबन्दी गरेको हो । साथै, नेबि संघले सेवा आयोगमा नेपाली कांग्रेस निकटको व्यक्तिको नियुक्ति नहुँदासम्म तालाबन्दी जारी राख्ने जनाएको छ । अहिलेकै संरचनामा कांग्रेस कार्यकर्ताको त्रिवि प्रवेश सहज नरहेको निष्कर्षसहित नेविसंघले प्राध्यापक र सहप्राध्यापकको प्रतिस्पर्धामा रहेका केही कांग्रेसी कार्यकर्ताको प्रयोजनामा तालाबन्दी गरेको स्वयं नेविसंघका नेताहरूले बताएका छन ताला किन लगाइयो भन्ने विषयमा नेविसंघका प्राय नेताहरू नाजवाफ रहेका छन ।