काठमाडौंमा बालबालिकालाई एडिनो भाइरसको सङ्क्रमण फैलिँदै
काठमाडौं । काठमाडौँका बालबालिकामा एडिनो भाइरसको सङ्क्रमण फैँलदो क्रममा रहेको छ ।
बालबालिकामा लगातार ज्वरो आउने, ज्वरोसँगै खोकी लाग्ने, बान्ता आउने समस्या समस्या देखिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भए पनि एडिनो भाइरसको सङ्क्रमण भएको पहिचान हुन थालेको चिकित्सकले जानकारी दिएका छन् ।
बालबालिकालाई १०३ डिग्रिसम्म ज्वरो आउने तर, ज्वरोको औषधि खुवाउँदा पनि कम नहुने समस्या एडिनो भाइरसको सङ्क्रमणमा देखिन थालेको हो ।
हाल काठमाडौँका बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्दै गइरहँदा बच्चालाई ज्वरोले सताएको भन्दै क्लिनिक तथा अस्पतालमा अभिभावकको भीड बढ्दो छ । चिकित्सकहरूले हाल बालबालिकामा फैलिरहेको भाइरल ज्वरोलाई ‘एडिनो भाइरस’को संक्रमण भएको बताएका छन् ।













