बसबाट ओर्लदा भुइँमा लडेर एक यात्रुको मृत्यु
काठमाडौं । सर्लाहीमा बसबाट ओर्लदा भुइँमा लडेर एक यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोडैना गाउँपालिका ३ बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेका छन् । चौधरीको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
डीएसपी यादवका अनुसार सुदामाबाट मलंगवातर्फ जाँदै गरेको ग.१ख ९४५२ नम्बरको बसबाट मलंगवा–२ स्थित झण्डाबजारमा ओर्लिरहेका चौधरीको सर्ट बसेको ढोकामा अल्झिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।













