काठमाण्डौको तारकेश्वरमा एकै परिवारका चार जनाको शव भेटियो
काठमाडौं । काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएको छ । श्रीमान् केशव पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको प्रहरी जनाएको छ ।
केशव पाण्डे झुन्डिएको अवस्थामा फेला परेको थियो भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । आज सोमवार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।
अहिले डाक्टरसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले अनुसन्धार जारी राखेको छ ।













