१७ श्रावण २०८३, आइतबार

भारतीयबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको निगमले जनाएको छ । यसअघि पनि भारतीय आयल कर्पोरेसनले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर नयाँ सूची पठाएको थियो ।