१७ श्रावण २०८३, आइतबार

एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’



काठमाडौं । काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएको ठाउँमा सुसाइट नोट समेत भेटिएको छ । श्रीमान् केशव पाण्डे र श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ८ वर्षकी छोरी आशिका मृत अवस्थामा फेला गरेका थिए ।

केशव पाण्डे झुन्डिएको अवस्थामा फेला परेको थियो भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको जनाइएको छ तर त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

पारिवारमा मेलमिलाप नहुने दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको खुल्न आएको छ ।