१७ श्रावण २०८३, आइतबार

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितका को मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।