९ श्रावण २०८३, शनिबार

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् श्वेतगंगा हाइड्रोपावरको आईपीओ रिजल्ट



काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन आईपिओ बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान बाँडफाँट गरेको हो ।

आईपिओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७० लाख ७२ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार ४ सय ४० जनाको आवेदन रद्द भएको छ । क्यापिटलले योग्य रहेका १५ लाख ३९ हजार ५ सय ५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरेको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको हो ।

गोलाप्रथाबाट शेयर बाँडफांड गर्दा २ लाख २७ हजार २ सयले मात्र शेयर शेयर पाएका छन्। यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका १३ लाख १६ हजार ९ सय ४३ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेडः https://www.sanima.capital/

श्वेतगंगा हाइड्रोपावरको वेबसाइटः https://swetgangahydropower.com/

सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्