तरकारीको बोरामा अबैध रुपमा लुकाएको लागुऔषध सहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाई अबैध लागुऔषध कारोबार भएको खुल्न आएको छ ।
तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण कार्यलयले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ –०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षका सुभाष राय यादव र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका छन् ।
उनीहरुलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।












