७ श्रावण २०८३, बिहिबार

राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा छलाङ, चुक्तापूँजी २६ करोडमा उक्लिदा प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संस्थाको खुद नाफा ४१.१७ प्रतिशतले बढेर ६ करोड ६५ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

राष्ट्र उत्थानको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफामा सुधार आएको हो । संस्थाले ८ लाख ५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले २२ लाख ३३ हजार रुपैयाँ राइट ब्याक गरेको थियो ।

असार मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा ४१.८१ प्रतिशतले बढेर १० करोड ४७ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ७ करोड ३८ लाख ६६ हजार रुपैयाँमा सिमित रहेको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.७१ प्रतिशतले बढेर २२ करोड ८ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८ करोड ९२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ४८.५७ प्रतिशतले बढेर २६ करोड रुपैयाँ, रिजर्भ कोष ५४.४२ प्रतिशतले बढेर १८ करोड २२ लाख १२ हजार रुपैयाँ, सापटी ०.५५ प्रतिशतले बढेर २ अर्ब १४ करोड ५८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ ।

यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्