१७ श्रावण २०८३, आइतबार

पछिल्लो २४ घण्टामा थप ७६० मा कोरोना पुष्टि, १ जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् । ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।