१७ श्रावण २०८३, आइतबार

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समूहमा प्रहरीका दुई अधिकारी संलग्न



काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकारी पनि संलग्न रहेको खुलेको छ ।

चिनियाँ नागरिकलाई अपहरण गरेर नयाँ बसपार्कमा बन्धक बनाएर एक करोड रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । त्यसमध्ये दुई जना प्रहरी पनि रहेका छन् ।
उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार ३७ वर्षका कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षका शिव सुनुवार पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा वर्ष २८ का लक्ष्मण गुरुङ, वर्ष २९ का रोहित मगर, वर्ष २८ का विशाल मगर र वर्ष २७ का विनोद केसी रहेका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।