७ श्रावण २०८३, बिहिबार

अभियान लघुवित्तको आईपीओमा १ अर्ब २४ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?



काठमाडौं । अभियान लघुवित्तको आइपीओमा १ अर्ब २४ करोड ४७ लाख ९३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (साउन १९ गते) साँझ ५ बजेसम्ममा १० लाख ८० हजार जनाले १ करोड २४ लाख ४७ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १३.६२ गुणा बढी आवेदन हो

लघुवित्तले प्रतिशेयर १सय रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ भने माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्