नेष्डो समृद्ध लघुवित्तको नाफामा २२ करोडमा उक्लियो, संचालन नाफामा छलाङ
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज (साउन २० गते) ले सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ७१.०६ प्रतिशतले बढेर २२ करोड १९ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले १२ करोड ९७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा लघुवित्तको संचालन नाफामा छलाङ आउँदा खुद नाफा आकाशिएको हो । यस अवधिमा लघुवित्तको संचालन नाफा ७५.०४ प्रतिशतले बढेर ३५ करोड २३ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको २० करोड १२ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.५८ प्रतिशतले घटेर ३८ करोड २३ लाख ३१ हजार रुपैयाँमा सिमित भएको छ । यसको खराब कर्जामा पनि सुधार आएको छ । असार मसान्तसम्म आइपुग्दा नेष्डोको रिजर्भ कोष ५३.०७ प्रतिशतले बढेर ६१ करोड ९० लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ४८.१५ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपैयाँ, सापटी १२.६० प्रतिशतले बढेर ४२ करोड ३ लाख ३३ हजार रुपैयाँ, कर्जा प्रवाह २२.९० प्रतिशतले बढेर ४ अर्ब ५८ करोड ३६ लाख ९० हजार रुपैयाँ आर्जखन गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा छ ।













