समीट लघुवित्तको मुनाफा १४ करोडमा उक्लियो, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा २१.२९ प्रतिशतले बढेर १४ करोड ५३ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ११ करोड ९८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र खराब कर्जामा सुधार आउँदा मुनाफा बढ्न सहयोग पुगेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.३५ प्रतिशतले बढेर ३४ करोड ८० लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९ करोड ४० लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ करोड १ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको लघुवित्तले गत आर्थिम वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा २१.२९ प्रतिशतले बढेर २३ कराृेड ६ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २५.२९ प्रतिशतले बढेर ४९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष १६.२४ प्रतिशतले बढेर २५ करोड ३२ लाख ५६ हजार रुपैयाँ, सापटी ३१.४१ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड ५५ लाख २९ हजार रुपैयाँ, कर्जा ३२.८८ प्रतिशतले बढेर ५ अर्ब ६८ करोड ९८ लाख ६४ हजार रुपैयाँ र निक्षेप संकलन ३२.८८ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ६० लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ ।













