७ श्रावण २०८३, बिहिबार

आँधिखोला लघुवित्तको मुनाफा साढे ४ करोड माथि, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा ११.०१ प्रतिशतले बढेर ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ३५ प्रतिशतले बढेर ६ करोड ७ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ४ करोड ४७ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि हुँदा खुद नाफा सुधार आएको हो । खुद ब्याज आम्दानी भने ०.८५ प्रतिशतले बढेर ८ करोड ७८ लाख १७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको राइट ब्याक १ करोड १६ लाख १८ हजार रुपैयाँ, रिजर्भ कोष ३४.९५ प्रतिशतले बढेर १० करोड ८२ लाख ४ हजार रुपैयाँ, चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ २० पैसा छ ।


प्रतिक्रिया दिनुहोस्