१७ श्रावण २०८३, आइतबार

पछिल्लो २४ घण्टामा थप ९३४ मा कोरोना पुष्टि, एक जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने एक जनाको मृत्‍यु भएको छ ।

५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।