१७ श्रावण २०८३, आइतबार

मध्यरातिदेखि लागु हुने गरि फेरि बढ्याे पेट्राेल-डिजलकाे मूल्य, प्रतिलिटर कति पुग्याे ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आग राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रूपैयाँ बढाएको हो ।

यो मूल्यवृद्धिसँगै भोलिदेखि पहिलो वर्ग (चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज) मा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान प्रतिलिटर १९७ रूपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १ सय ९९ रुपैयाँ र तेस्रो वर्ग ( काठमाडौं, पोखरा र दिपायल) मा २ सय रुपैयाँ पुगेको छ।

यस्तै निगमले हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्य बढाएको छ। नयाँ मूल्य सूची अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रूपैयाँ बढेर २४९ रूपैयाँ पुगेको छ।

यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलरले बढेर १५९७ अमेरिकी डलर पुगेको छ भने पोखराका लागि १२३७ अमेरिकी डलर र भैरहवाका लागि १२२२ अमेरिकी डलर कायम गरिएको छ।

खाना पकाउने एल.पी. ग्यासको मूल्य भने प्रतिसिलिन्डर २०६० रूपैयाँ यथावत राखिएको छ।