गएराति आएको वर्षा सहितको पहिरोले नुवाकोट र रसुवा जोड्ने सडकमा क्षति
काठमाडौं । गएराति आएको वर्षा सहितको पहिरोले नुवाकोट र रसुवा जोड्ने सडकमा क्षति पुर्याएको छ । केहि स्थानमा किसानका खेत समेत पहिरोले बगाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग भत्कीँदा सवारी साधन ठप्प भएको छ । त्यसका लगि बैकल्पीक बाटो बनाउने तयारी भैरहेको छ ।
उक्त बाटो क्षति हुँदा गोसाइँकुण्ड जाने पर्यटक र स्थानिय समस्यामा परेका छन् । नुवाकोट प्रहरीका अनुुसार ताी नदिले पक्की पुल भत्काएको छ । बाढीले पञ्चकन्या , दुप्चेश्वर, तादि र लिखु गाउँपालिकाको सडक र पुलमा क्षति पुगेको छ ।












