पूँजी वृद्धि प्रस्ताव पारित गर्दै ज्योती लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । साउन २४ गते लेकसाइड पोखरामा विशेष साधारण सभा बोलाएको थियो ।
कम्पनी सुर्या लाइफ इन्स्योरेन्ससंग एक आपसमा गाभिने सम्बन्धमा मर्जर समितिमा पेश हुन आएको प्ररम्भिक सम्झौता स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर , अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको हो । त्यसैको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।
पूँजी वृद्धिको मर्जर तथा एक्वीजिसन विषयमा गरिएको सञ्चालक समितिको निर्णय अनुमोदन गरेको कम्पनीले बीमा समितिकोले निर्देशन दिएको छ ।
कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व संरचना क्रमश ७०स्३० को अनुपातमा रहेको संस्थापकहरुको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पनि पारित भएको छ ।
शेयर संरचना परिमार्जन पश्चात संस्थापकको ४९ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।













