सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को प्रतिफल घोषणा
काठमाडौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले प्रतिफल घोषणा गरेका छन् ।
सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले १० प्रतिशत नगद लाभांश (कर सहित) इकाईधनीलाई वितरण गर्ने घोषणा गरेका हुन । क्यापिटलको साउन २५ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।












