ग्रिन टायर उद्योगको ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई उद्योगले पूर्ण रुपमा आत्मसाथ गर्दै
काठमाडौं । निजि लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी ग्रिन टायर उद्योगको ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई उद्योगले पूर्ण रुपले आत्मसात गर्दै आएको छ ।
स्थापनाकालमा 2 Wheeler Tyre बाट उत्पादन सुरु गरेको यस उद्योगले हाले 2 र 3 Wheeler Tyre हरुको उत्पादन गर्दै आएको छ । ४० करोड लगानीमा स्थापित यस उद्योगको बार्षिक उत्पादन क्षमता ३ लाख टायर रहेको छ । यसले १०० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
यस कम्पनीले विगत देखि डेल्टा ब्राण्ड अन्र्तगत सबै खाले 2 र 3 Wheeler Tyreहरु उत्पादन गर्दै आएको छ भने मेरो देश, मेरै उत्पादन नाराका साथ अगाडी बढेको यस कम्पनीले छोटो समयमा नै ग्राहकहरु प्रति विश्वास जमाउन सफल भएको छ ।
यसै सन्दर्भमा हाल हाम्रो उद्योगले ग्राहकहरुको मागलाई ध्यानमा राखी आफ्नो नयाँ उत्पादन Sherpa को Brand Agriculture Tyre हरु उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अघि बढाएको छ । यस उद्योगले आफ्नो Agriculture Segment अन्तरगत ट्याक्टर तथा हाते ट्याक्टरका लागि Sherpa Brand का भुमि,सारर्थी मोडलका ठुला र साना टायरहरु उत्पादन गर्न लागेको छ । उक्त मोडलहरु अन्तरगत यस कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको छ । यस कम्पनीका उत्पादित टायरहरुमा बढि ट्रेक्सन र ग्रीप रहेको छ साथै बढि एनएसडि पनि रहेको छ। उक्त उत्पादनहरुमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको छ ।
नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरहरुसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायरहरुको उत्पादन गरी यस कम्पनीको कार्य उदाहरणीय रहेको छ । साथै हामीले नेपालमा उत्पादित स्वदेशी रबरहरु पनि प्रयोगमा ल्याएका छौँ । गुणस्तरलाई ध्यानमा राखी र नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबरहरु उत्पादन गर्न सकिने तालिम दिँदै आएका छौं । नेपालमा उत्पादित यस टायरका मोडलहरु विदेशी टायरका तुलनामा आकर्षित र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको छ । यस कम्पनीले उक्त टायरहरु सजिलै ग्राहकहरुको माजमा पु¥याउन नेपाल भरि डिलरसिपको आवेदन दिन सकिन्छ ।
कम्पनीका सबै टायरहरुमा म्यानुफ्याक्चरीङ्ग वारेन्टी रहेको तथा यस कम्पनीले क्ष्क्इ मापदण्ड अनुसार उत्पादन गरीएको छ ।
साथै, ट्याक्टरमा लाग्ने सम्पूर्ण साईजका टायरहरु यस कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तिन महिनामा ट्रलिमा लाग्ने टायरहरु पनि बजारमा ल्याउने योजना रहेको छ । त्यसका साथै, आगामी दिनमा कर्मसिर्यल हेबि इक्युपमेन्ट, ट्रक टायर लगायत प्रकारका उत्पादन गर्ने कम्पनीको योजना रहेको जानकारी गराउँदछौँ । नेपालमा टायरको उत्पादनको सम्भावना राम्रो छ, भबिष्य पनि सुन्दर छ, ।













