काठमाडौं लगायत देशका विभिन्न ठाउँमा गाईजात्राको रौनक
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा शुक्रवारबाट गाईजात्रा शुरू भएको छ । देशभरका विभिन्न भागमा बस्ने नेवार समुदायले प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाउने गरेको छ ।
यस दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराइन्छ । यसरी गाईका रूपमा सिंगारिएकालाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्छन् ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।













