पर्सामा बहिनीको प्रेमीको हत्या गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । पर्सामा बहिनीको प्रेमीको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रल्हाद कार्की रहेका प्रहरीले जनाएको छ । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ ।
आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शंकामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।
उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।
त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।













