प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर संघ र प्रदेशको चुनाव लड्ने सहमति
काठमाडौं । अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।
माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि पुन बाबुराम माओवादीको चुनाव चिन्हबाट गएका हुन ।












