सामाजिक सहानुभूति क्लब गर्यो वृहत सरसफाई कार्यक्रम
काठमाडौं । सामाजिक सहानुभूति क्लबले वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । युवा सक्रियता मार्फत युवा रुपान्तरणको नारासहित क्लबले शनिबार (साउन २८ गते) ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सरसफाई गरेको हो ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म क्लबले मन्दिर परिषरमा सरसफाई गरेको थियो । सरसफाई कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुवास विकले सामाजमा भइरहेका नकारात्मक पक्षलाई सहि ढङ्गबाट सकरात्मक रुपमा अगाडि बढाउने लक्ष्य क्लबको रहेको बताए ।

साथै उनले क्लबले आज सरसफाई कार्यक्रम गरेको र अब भने विभिन्न सरकारी विद्यालयहरुमा छिट्टै पुस्तकालय निमार्ण गर्ने पनि बताएका छन् । विद्यार्थीको पठनपाठनलाई गुणस्तरीय बनाउन क्लबको बिषय पहन हुने उनको भनाइ रहेको थियो ।















