एनएमबि क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनएमबि क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ को म्युचुअल फन्ड इकाईमा आवेदन दिने आज (भदौ ९ गते) अन्तिम दिन हो ।

एनएमबि क्यापिटलले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्