राधी विद्युत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज –भदौ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि भदौ १२ गते बुक क्लोज गर्ने हुदाँ भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा रू. १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रुपैयाँ रहेकोमा यो हकप्रद शेयर निष्कासन पछि पूँजी १ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।













