१९ श्रावण २०८३, मंगलबार

लगातर ओरालो लाग्दै सुनको भाउ, आज प्रतितोला कति घट्यो ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सुनको मूल्यम ागिरावट आएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।

बिहीबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन ९२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुनको भाउ आजका लागि भने ९२ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १ हजार १ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेको हो ।