आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात शुक्रबार ९३ हजार रुपैयाँमा कारोबार भएको सुन ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आजका लागि भने ९३ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार ११० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी १ हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको छ ।













