दुई हजार चार सय ५७ जनामा सक्रिय कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो । एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत छन् । हाल सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ५७ जना रहेका छन् ।
आज कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु)मा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन् ।












