‘कम्पनीहरुको सुधार र व्यवसाय विकासका लागि क्रेडिट रेटिङ आवश्यक’
काठमाडौं । कम्पनीहरुको सुधार गर्न र व्यवसाय विकासका लागि क्रेडिट रेटिङ आवश्यक रहेको बताइएको छ ।
नेपाल धितोपत्र बोर्डले आयोजना गरेको विश्व लगानीकर्ता सप्ताहा समारोहमा क्रेडिट मूल्याङ्कन सेवाको बारेमा जानकारी दिँदै इन्फोमेरिक्स रेटिङ क्रेडिट रेटिङ नेपालीकी सिनियर उनालिस्ट ग्राीष्मा ढुंगानाले कम्पनीहरुको रेटिङ अनुसार नै विश्वास बढ्ने बताइन् ।
उनले भनिन्,–’कुनै ऋणीले लिएको क्षमताको आधारमा रेटिङ गर्ने गरिन्छ, कम्पनीको काम गर्ने क्षमता र क्यास फ्लोको आधारमा रेटिङमा असर पर्ने गर्दछ ।’ उनले विश्वमा रेटिङको इतिहाँस र पछिल्लो अभ्यासका बारेमा प्रकाश पारेकी थिईन ।
सोही अवसरमा, इक्रा नेपालका सैलेश सुवेदीले क्रेडिट रेटिङले लगानीकर्तालाई जोखिम–प्रतिफल प्राथमिकताको आधारमा जानकारी सहित लगानी निर्णय लिनको लागि अत्यावश्यक जानकारी प्रदान गर्ने बताए । उनका अनुसार कुनै पनि कम्पनीमा उपयुक्त लगानी अवसर छनोट गर्नसमेत यसले सहयोग पुर्याउँछ । उनले भने-‘कुनै खास क्रेडिट रेटिङ राय निश्चित आयका लगानीकर्ताले जोखिम सम्बन्धमा विचार पुर्याउनुपर्ने तरलता जोखिम, पूर्व भुक्तानी जोखिम, ब्याजदर जोखिम, दोस्रो बजारमा घाटा हुने जस्ता जोखिमका अन्य विभिन्न कारकहरु मापन गर्न लक्षित हुँदैन ।’ उनले नेपालमा कम्पनीहरुको रेटिङ महत्व र चुनौती लगायतको विषयमा जानकारी समेत गराएका थिए ।
हाल नेपाल तीन वटा कम्पनीहरुले रेटिङ्ग सुविधा दिईरहेका छन् । हाल नेपालमा इन्फोमेरिक्स रेटिङ, इक्रा नेपाल र केयर रेटिङले क्रेडिट रेटिङको सुविधा प्रदान गर्दै आएका छन् ।
सोही कार्यक्रममा केयर रेटिङ नेपालका सन्तोष पुडासैनीले रेटिङ प्रक्रिया र आवश्यकता लगायतका विषयमा सहजीकरण गरेका थिए । क्रेडिट रेटिङ गर्दा व्यवस्थापनको गहन अध्ययनका साथै कम्पनीको सबल तथा कमजोर पक्षको मूल्यांकनको आधार हेरिने पुडासैनीले बताए ।
उनले भने,– ‘यसमा निहित बचाउ कारक, बजार रणनीति, प्रतिस्पर्धात्मक धार, प्रविधि विकास स्तर, सञ्चालन क्षमता, व्यवस्थापकीय सक्षमता तथा प्रभावकारिता, जोखिम बचाउ व्यवस्था, नगद प्रवाह, वृद्धि प्रवृति तथा सम्भावना, तरलता, वित्तीय लचकता, सरकारी नीति, विगतको ऋण सोधन रेकर्ड, सम्भावित व्यवसायिक–आर्थिक परिस्थितिमा हुने परिवर्तन संवेदनशीलता बारे हेरिन्छ ।’













