आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।
आर्दश लघुवित्त र डिप्रोक्स लघुवित्त एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेकाले सेयर कारोबार रोक्का रहेको थियो ।
नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ (१) बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।













