विश्वकप फुटबल: क्वार्टरफाइनल अन्तर्गत ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्दै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् ।
पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
यी ४ वटै टोलि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।













