८ श्रावण २०८३, शुक्रबार

प्रतिकित्ता ३९५ रुपैयाँमा नै आशा लघुवित्तको शेयर बिक्रीमा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज (पुष ४ गते) देखि संस्थापक समूहको ६६ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि समेत बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष ४ गते) ले ७ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय, ककनी–६, नुवाकोटमा आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले यस अघि विद्यमान सस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं शेयर खरिदका लागि ३५ दिन सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरे पछि कम्पनीले प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्