साधना लघुवित्त वित्तीयले गर्यो लाभांश घोषणा, बोनस १९ प्रतिशत दिदाँ नगद कति ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक बाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।














