२० श्रावण २०८३, बुधबार

सर्वोच्चले खारेज गर्यो नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रकृया रोक्न परेको रिट



काठमाडौं । सर्वोच्च अदालतले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रकृया रोक्न परेको रिट खारेज गरेको छ ।

बुधबार सर्वोच्च अदालतको पूर्ण इजलाशले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रकृया रोक्न परेको रिट खारेज खारेज गरेको हो ।

अधिवक्ता अमृत खरेलले गत कात्तिक १६ गते नयाँ स्टक र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सो रिट निवेदन न्यायधीशहरु हरिकृष्ण कार्की , ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लसहितको पूर्ण इजलाशले खारेज गरेको हो ।